माछीले खाने खोलीको लेउ गितको भिडियो सार्वजनिक 

|

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र मेलिना राइको स्वर रहेको गीत ‘माछीले खाने खोलीको लेउ’सार्वजनिक गरिएको छ ।

३ वर्ष अगाडि रिलिज भएको अहिलेसम्म करिब ५ करोड भिउज पाएको यो गीतमा पहिले सरोज ओली र मेलिना राईले स्वर दिएका थिए ।

दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत गीतमा रहेको थियो । सोही गीतको दोश्रो पार्टको रुपमा हरिवंश र मेलिनाको स्वरमा ल्याइएको हो यसमा नरेन्द्र वियोगीले एरेन्ज रहेको गीतको भिडियोमा हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहको अभिनय रहेको छ ।

विक्रम स्वारको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन,भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको छ ।

२०७८ श्रावण १४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।