छैटौं चरण अन्तर्गत जुन ४ र ५ मा खेलाडी र स्टाफको कोभिड १९ परिक्षण गरिएको थियो । १ हजार १९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।
अघिल्लो चरणमा एक जनामा मात्र पोजेटिभ देखिएको थियो । ६ चरणमा गरी कूल ६ हजार २७४ जनामा गरिएको परिक्षणमा अहिलेसम्म १३ जनामा कोभिड१९ संक्रमणको पुष्टि भएको थियो । पहिलो चरण परीक्षणमा सबैभन्दा धेरै ६ जनामा पोजेटिभ देखिएको थियो ।
प्रिमियर लिगले कोरोना पोजेटिभ देखिएका कुनै पनि व्यक्तिको डिटेल सार्वजनिक नगरिने जनाएको छ । महामारीका कारण १३ मार्चदेखि स्थगित भएको प्रिमियर लिग १७ जुनदेखि क्लोज डोरमा पुन: शुरु हुँदैछ । एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेष्टर सिटी र आर्सनलबीच खेल सोही दिन हुँदैछ ।
लिगमा ९२ खेल बाँकी रहँदा लिभरपुल २५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । बर्नमाउथ, एस्टल भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छन् ।