काठमाडौं / समृद्ध नेपाल, सुखी नेपाली नामक गिती एल्वम सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समेत गीतकार रहेको गीति एल्वममा कुल ५ वटा गीतहरु संग्रहित छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा एल्बम तयार भएको हो । नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढी सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुको हातबाटनै एल्वम सार्वजनिक गरिएको थियो । एक पुरुष र एक महिला सडक मानवलाईनै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट एल्वम सार्वजनिक गरिएको थियो ।
गिती संग्रहमा ५ वटा गीतहरु समावेश रहेका छन् जसमध्ये स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवास बोलको गीत प्रधानमन्त्री ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ । हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखि खुसी जनता नाँचको रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनभएको छ । त्यसैगरि सम्बृद्ध नेपाल सुखी नेपाली बोलको गीतमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ ।