कमल बिसी माल्दाइ र मेलिना राइको आवाजमा “सखिए हो” रिलिज (भिडियो)

|

काठमाडौं /  पत्रकारिता हुँदै नेपाली सांगीतिक क्षेत्रमा होमिएका गायक हुन् कमल बिसी माल्दाइ । बर्दिया निबासी उनी पत्रकारिताको कर्म नेपालगन्जमै गरे। पत्रकारिता गर्दा गर्दै गीत गाउन सुरु गरेका उनी हाल भने काठमाडौं मै बसेर गायनलाई निरंतरता दिइरहेका छन् ।

“जसरी नि म तिम्रो हुन्छु नभन” गीतबाट गायनमा डेव्यु गरेका कमलका सयौं गीत बजारमा छन् । उनका दर्जनौं बढी गीतहरु दर्शक स्रोतामाझ लोकप्रिय पनि भएका छन् । यसैबीच, उनको एउटा नयाँ गीत बजारमा रिलिज भएको छ।

शुक्रबार बिहान रिलिज “सखिए हो” बोलको चौधरी गीत मार्फत कमल बजारमा प्रस्तुत भएका हुन् । मेलोडियस उक्त चौधरी गीतमा कमल स्वयंको सुमधुर आवाज रहेको छ। कमलसंगै लोकप्रिय गायिका मेलिना राइको पनि मीठो आवाज गीतमा सुन्न सकिन्छ। राजेन्द्र शर्मा ‘भाटु’ले पनि गीतमा आवाज दिएका छन् ।

गीतमा राजेन्द्र राई ‘भाटु’कै शब्द अनि संगीत रहेको छ। गीत संगीतको माध्यमबाट चौधरी समुदायको भाषा जगेर्नामा थोरै भएपनि टेवा पुग्ने उद्देश्यले यो गीत बनाइएको निर्माण टिमले जनाएको छ। डान्सिङ प्याटर्नको गीत एकदमै दमदार वनेको छ। मेलिना र कमलको गायिकी गीतमा अब्बल सुनिएको छ। गीतमा नेपालगन्ज लगायत विभिन्न स्थानको बर्णन गरिएको छ।

आफू चौधरी समुदायमै हुर्किएको भएका कारण चौधरी गीत गाउन औधी रुचि रहेकाले यो गीत गाएको कमल बताउँछन् । गीतको अडियोले जति सुन्नेको मन केन्द्रित गर्छ, भिडियोले पनि दर्शकको ध्यान झन आकर्षित पार्ने गर्छ।

भिडियोमा लोकप्रिय मोडक करिश्मा ढकाल, कमल बिसी माल्दाइ र राजेन्द्र शर्मा भाटु लगायतका कलाकारहरु फिचर्ड छन् । गीतको भाव अनुसार भिडियो एकदमै आकर्षक बनेको छ। चौधरी भेषमा कमल र करिश्माको जोडी गजब देखिएको छ।

बिक्रम चौहानले भिडियोको परिकल्पना तथा निर्देशन गरेका हुन् । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिनल बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो कमल बिसी माल्दाइको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस भिडियो.

२०७७ माघ १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।