भाटभटेनी सुपर मार्केटमा देकाइदो एक्सप्रेस जापानी फाष्टफुडको काउण्टर सुरु

|

काठमाण्डौं / महाराजगञ्जको भाटभटेनी सुपर मार्केटमा देकाइदो एक्सप्रेसको नाममा जापानी फाष्टफुडको काउण्टर मंगलबारदेखि सुरु भएको छ । जापानबाट फर्किएका नेपाली युवा उद्यमीहरुको संयुक्त प्रयासमा सञ्चालित होक्काइडो रामेन हाउस समूहले सो काउण्टर सञ्चालनमा ल्याएको हो । सो काउण्टरमा २० किसिमका जापानी परिकारहरु पाइने बताइएको छ ।

समूहका प्रमुख अर्जुन अधिकारीले यस बर्षभित्र विभिन्न ७ स्थानमा देकाईदो एक्सप्रेसका ७ वटा काउण्टरहरु खोलेर सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभएको छ । होक्काइदो रामेन हाउस जापानको होक्काइडोमा बसेर त्यहाँ काम गरी फकिएका नेपालीहरुले सञ्चालनमा ल्याएको जापानी परिकार पाइने गृह हो । अहिलेसम्म यसले काठमाडौंमा चार ठाँउमा जापानी खानाको काउण्टर खोलेको छ । पार्क भिलेज र काठमाडांैं गेष्ट हाउसमा यसका काउण्टरहरु पहिल्यै सञ्चालनमा आइसकेका छन् । देक्काईदोको भने महाराजगञ्जको भाटभटेनीको काउण्टर पहिलो हो ।

फूलहरुको सुन्दर सहर मानिने जापानको होक्काइडोका परिकारहरु स्वादिष्ट र स्वास्थ्यबर्धक रहेकोले त्यहाँको खाना नेपालीहरुलाई खुवाउने उद्देश्यले आफूहरुले यो व्यवसाय सुरु गरेको अर्जुृन अधिकारीले बताउनुभयो । होक्काइदो रामेन हाउसले भाटभटेनी सुपर मार्केटसंगको सहकार्यमा भाटभटेनीका विभिन्न सुपरमार्कैटबाट जापानिज लञ्च बक्स वेन्तो र जापानी मदिरा ओसाके जापानी खाद्य तथा पेयका पारखीलाई उपलब्ध गराउदै आएको छ ।

 

२०७७ माघ ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।