नेपालगन्ज / नेपालगन्जका गजेन्द्र मल्ल भारतबाट दिनहुँ नेपालीहरु नेपाल फर्किएको समाचार पत्रपत्रिका, टिभि र अनलाईनमा समाचार पढ्दै र हेर्दै थिए । एउटा यस्तो समाचार बाहिर आयो की भारतबाट नेपाल आएका ४ दिन भोक भोकै र चाउचाउको भर र पानी पनि नपाएको बाध्यातामा घर हिडेको समाचार आए पछि उनको मन थामिन सकेन र उनले सामाजिक सन्जाल फेसबुकमा केहि सहयोग गर्न सकिन्छ की भनी आफनो स्टाटस राखी साथीहरुलाई आहन गरे । उनको स्टाटसलाई हेरी सहयोगीहातहरु जोडिन थाले । नेपालगन्जका उपकार टण्डनले १०० केस पानी, निता जिसी, काठमाण्डौंबाट १००००, अस्मिता तिमिल्सिना, काठमाण्डौंबाट १००००, स्वस्तिका शाही र उर्मिला परियारबाट ५००० , बिकल श्रेष्ठ बाट २५ केस पानी सहयोग उठेको गजेन्द्र मल्लले बताउनुभयो । उनले सोचेको कार्य सफल हुने देखे पछि उनी नेपालगन्ज उपमहानगरपालिकासंग सहकार्य गरेर अगाडि बढे ।
यो अभियानलाई १० दिन सम्म सन्चालन गर्ने उनको लक्ष्य रहेको छ । सहयोगी हातहरु जोडिए पछि उनी आफु र आफनो परिवार मिलेर यो अभियानलाई अगाडि बढाए । अभियानको शूरको दिन १०० जना जतिलाई चिउरा,दालमोट,केरा,पानी,चाउचाउ खुवाए पछि दोस्रो दिन पछि २०० का हाराहारीमा उनले सहयोग गर्न थाले ।
उनले भारतबाट नेपाल फर्किएका नेपाली जो नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जमा बसिरहेकाहरुलाई चिउरा,दालमोट,केरा,पानी,चाउचाउ वितरण गरेका छन् । यो अभियानलाई खाने कुरा बितरन र ब्यबस्थापनमा सुयोग्य बिक्रम शाह, सुमन मल्ल ,तारा देवि मल्लले सहयोग गरेका छन् । सो अभियानको आज ५ औं दिनसम्म आईपुग्दा करिब ८०० जनालाई सहयोग गरेको मल्ल बताउछन् ।
मल्ल भन्छन् –‘ यस्तो बिषम परिस्थितीमा नेपाली दाजुभाईलाई सेवा गर्न पाउँदा निकै खुःसी लागेको छ । बाँकेमा जो अति विपन्न छ जस्को घरमा चुलो बलेको छैन त्यस्ताको चुलो बाल्न मद्धत गर्दछौं । ’यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्किने गरेका छन् । भोकै प्यासै घर फर्किनेलाई मल्लको सानो सहयोगले ठूलो राहात महसुस गराएको छ ।