अभिनेता शिव श्रेष्ठको फिल्म रिलीज हुदै

|

अभिनेता एवं निर्माता शिव श्रेष्ठको निर्माणमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ गीत सार्वजनिक गरिएको छ। काठमाडौमा एक कार्यक्रमबीच यस फिल्मको टाइटल गीत सार्वजनिक गरिएको हो।

यो फिल्म लकडाउनपछि रिलिज हुन लागेको पहिलो फिल्म हो ।
माघ १ गते रिलिज गर्न लागेको फिल्मको गीत लन्च कार्यक्रममा अभिनेता शिवले ४० वर्षदेखि प्राप्त गरेको दर्शकको मायाले आफूले फिल्म रिलिजको रिस्क लिएको बताए छन्।

उनले हल अहिले खाली नै रहेको समयमा आफुले फिल्म रिलिज गर्ने आँट गरेको बताए। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का र चलचित्र संघ अध्यक्ष मधुसुधन प्रधानले कठिन समयमा पनि फिल्म रिलिज गर्न लागेको भन्दै निर्माण टिमलाई धन्यबाद दिएका थिए।

फिल्ममा शिवसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको अभिनय छ भने यही फिल्मबाट करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्ति अभिनयमा डेब्यु गर्दैछन् ।

सार्वजनिक टाइटल गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ भने बसन्त सापकोटाले गीतमा संगीत भरेका छन्। यस फिल्मको गीतमा कविता मानन्धर र शक्ति श्रेष्ठ फिचर्ड छन् र फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

२०७७ पुष २२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।