लजिज पिज्जा हाउस मंगलवार तेस्रो बर्षमा प्रवेश

|

नेपालगन्ज / नेपालगंजको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस मंगलवार तेस्रो बर्षमा प्रवेश गरेको सुनौलो अवशरमा सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । पछिल्लो क्रममा नेपालगंजमा बिभिन्न किसिम किसिमका रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि पिज्जा हाउस संचालन गरिएको पिज्जा हाउसका प्रमुख आदित्य गुप्ताले जानकारी दिए ।

अघिल्लो दुई बर्षमा बिभिन्न किसिमका चुनौतीलाई पार गर्दै ग्राहकहरुको ईच्छा अनुसार सेवा सुविधा संचालन गरिएको प्रमुख गुप्ताले बताए । लजिज पिज्जा हाउस तेस्रो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा सेवामा थप सुधार गरि ग्राहकको माग अनुसार व्यवस्था गरिएको जानकारी दिए ।

दुई बर्षमा पिज्जा हाउसलाई मन पराएर पाल्नुहुने ग्राहकलाई धन्यवाद दिदै ग्राहकको चाहाना हाम्रो सन्तुष्टिको मुलानारा सहित आउने समयमा पिज्जा हाउसलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना छ । लिज्जा पिज्जा हाउस नेपालगंजका प्रमुख नेपालगंज जेसिस बर्ष २०२० का कोषाध्यक्ष हुन् ।

२०७७ मंसिर १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।