भक्तपुरका मुख्य आठ वटा आयोजना आगामी आर्थिक वर्षमा शुरु गरिने

|
काठमाडौँ, १५ जेठ ।
विकास र समृद्धिको यात्रामा तिव्र गतिका साथ अघि बढेको भक्तपुर जिल्लालाई सरकारले आगामी आर्थिक वर्ष आठ वटा विशेष ठूला आयोजनाहरु सञ्चालन गर्ने भएको छ र  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुरमा आठ वटा ठूला आयोजनाहरु यसै वर्ष शुरु हुने भएका हुन् ।
प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त आयोजनाहरु शुरु गर्ने बताउनुभयो ।
सरकारको विशेष प्राथमिकतामा परेका आयोजनाहरु निम्नानुसार रहेका छन्,
आयोजनहरु :-
१. सूर्यविनायक धुलिखेलको सडक स्तरउन्नतीको लागि रु एक अर्व बजेट विनियोजन,
२.कोटेश्वर जडिबुटीमा सुरुङ मार्ग निर्माण गर्ने,
३.विद्युत तार भुमिगत गर्ने,
४.सांस्कृतिक सम्पदाको संरक्षण र विकास तथा विस्तार गर्ने,
५.उपत्यकामा चाँगुनारायणमा १ लाख र सूर्यविनायकको बालकोट गुण्डुको १८ हजार समेत ४ वटा नयाँ शहर निर्माण सुरु गरिने,
६.गठ्ठाघरमा ५ हजार क्षमताको आधुनिक सभागृहको सुरु गर्ने,
७.चाँगुनारायणको दुवाकोटमा ७ सय ५० रोपनी जग्गामा आधुनीक वीर अस्पतालको भवन निर्माण कार्य शुरु गर्ने,
८. रात्रीकालिन पर्यटन प्रबर्द्धन कार्यक्रम र सम्पदा संरक्षण कार्यक्रम भक्तपुरबाट सुरु गरिने, लगायतका महत्वपूर्ण आयोजनाहरु सरकारको प्राथमिकतामा परेका छन् ।

२०७७ जेष्ठ १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।