अमेरिका न्यूह्यामशरमा बसोबास गर्ने समाज सेवी नेपाली चेली मथु लामाले मास्क बनाएर समुदायलाई सहयोग गर्दै

|

न्यूह्यामशरकी नेपाली चेली मथुलामाले समुदायको लागि मास्क बनाउदै सहयोग गर्दै आई रहेकी छिन् । अमेरिकाको न्यूह्यामशर राज्यको म्यानचेस्टरमा बसोबास गर्ने समाज सेवी तथा टिएसएनए (तामाङ्ग सोसाइटी अफ नर्थ अमेरिका)कि संचालक समिति सदस्य समेत रहेकी लामाले समाजलाई यसरी सहयोग गर्न पाएकोमा हर्ष व्यक्त गरेकी छिन्। यतिबेला कोरोनाबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजक र सतर्कता अपनाउनु नै हो ।

भिडभाडमा नजानु, ज्वरो लागेको व्यक्तिको प्रत्यक्ष नपर्नु, साबुन पानीले हात धुनु, सेनिटाईजर प्रयोग गर्नु, माक्स लगाएर बस्नु,पन्जा प्रयोग गरेर मात्र कुनै चिज छुनु-बोक्नु लगायत स्थानीय सरकारले निर्देश गरे बमोजिम सतर्कता अपनाउदै बिभिन्न सावधानीहरु अपनाउनु नै यस रोगको समाधान हो ।

यसै सन्दर्भमा लामाले सबैलाई सुरक्षित बस्न सहयोग गर्ने उद्देश्य राखी आफू घरमा लकडाउनको समयमा आफ्नो कामको साथै समय व्यवस्थापन गर्दै मुखमा लगाउने कपडाको मास्क बनाएर आफ्नो समुदायलाई प्रदान गरि रहेकी छिन् । यतिबेला टिएसएनए (TSNA) ले आम जनसमुदायको मनोबल बढाउने उद्धेश्यले स्वास्थ्य कर्मीहरुको सेवाप्रति उच्च सम्मान गर्दै उहाँहरुको अनुभवहरु सामाजिक संजाल मार्फ़त सम्प्रेषण गरिरहेको छ । यतिखेर संसार भरि मानव जाति  कोरोना महामारी बाट बच्नको लागि संघर्ष गरिरहेको अबस्थामा धैर्यता राखौ, सकारात्मक हुन सिकौ र जस्ले आ-आफ्नो क्षेत्रबाट जें सकिन्छ सकेको सहयोग गरौ ,सुरक्षित रहौ साथै आफु बचौ र अरुलाई पनि बचाऔ भन्दै उनिले आफुसंग भएको सिपलाई प्रयोग गरी समुदायलाई यो महासंकटको घडिमा स्थानिय संघसंस्था र स्वास्थ्य कर्मीलाई आफुले बनाएको मास्क बितरण गर्नु पाउँदा आफु ख़ुशि रहेको लामा बताउछिन् ।

२०७७ जेष्ठ १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।