तिमीलाई देखेको पहिलो दिन
तिम्रो मुस्कान मिठो र निर्दोष थियो
अनि चमकिला उत्सुकता भरिपुर्ण आखासंगै
तिम्रो शुद र दयालु भाव अनुभव भएको थियो
वर्ष वित्दै गए, हाम्रो साथ पनि अलि अलि
टुक्रिन थाल्यो, मित्रताको त्यो टुक्रा फाटी सकेको थियो
हाम्रो सडकहरु अल्गीदै गयो
तिम्रो केवल इच्छामै सिमित रहन पुग्यो
मौसमको बदलाव झैँ मित्रतामा पनि परिवर्तन आयो
कति गहिरो त्यो सम्बन्ध एकछिन मै सम्पर्क बिहिन भयो
जीवन पिडा र आसुको भरमा मात्र अडिन पुग्यो
तिमीलाई गुमाउनु मेरो लागि संसार गुमाउनु झैँ थियो
तर अब त थकित भइसके प्रिय याद र सम्झना बटुल्दै बटुल्दै
सिकेको र सधै सम्झिएको पाठको लागि धन्यवाद
तिमि एक भाग्यशालि व्यक्ति भयौ, जसले मेरो सब भन्दा राम्रो अंश पायौ
अब म छरिएका र बेकार का टुक्राहरु
फयाक्छु र छोडीदिन्छु।
मलाई लाग्छ तिमि र म अब एकदेशको कहानी झैँ भयौ।
– जिज्ञासा तिवारी
हाल:काठमाण्डौं, नेपाल