विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाइँदै

|

काठमाडौँ / आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश/विदेशमा विभिन्‍न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोरोना महामारीका कारण विगतमा जस्तो औपचारिक कार्यक्रमको भने आयोजना गरिएको छैन ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा अनुवाद गरेका भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षालगायत कृतिहरु चर्चित छन् ।

भानुभक्तको निधन वि.सं. १९२५ साल असोज ६ गते भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जीलिङ, सिक्किम, असमलगायत नेपालीभाषी रहेका देशमा पनि मनाइन्छ ।

२०७७ असार २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।