
काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वोल्भ्स (वोल्भरहेमटन वन्डर्स) ले एर्भटनमाथि सहज जीत हात पारेको छ । वोल्भ्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एभर्टन ३–० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमा थप गरिएको समयमा एभर्टनका खेलाडीले फाउल गर्दा वोल्भ्सले पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टी प्रहार गरेका राउल जिमेनिजले गोल गरेपछि पहिलो हाफ १–० गोल अन्तरले सकिएको थियो ।
दोस्रो हाफको दोस्रो मिनेट अर्थात् ४६ औं मिनेटमा वोल्भ्सका लेन्डर डेन्डोनकेरले गोल गर्दै टिमलाई २-० स्थितमा पुर्याए ।त्यसैगरी ७४ औं मिनेटमा वोल्भ्सले थप एक गोल गरेको थियो । वोल्भ्सका डिओगो जोटाले टीमका लागि तेस्रो गोल गरेका थिए । जीतसँगै वोल्भ्सले ३५ खेलबाट ५५ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ । पराजित एर्भटन भने ४५ अंकसहित ११ औं स्थानमा छ ।