नेपालगन्ज । वरिष्ठ गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ। मिर्गौला रोगबाट पीडित निर्मोहीको मंगलबार साँझ ५ बजे निधन भएको परिवारले जनाएको छ।
दाङ जिल्लाको साविक फूलबारी गाविसमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगन्जमा बसोबास गर्दै आएका थिए। गत शनिबार एक्कासि बेहोस भएपछि उनलाई उपचारका लागि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था सुधार नभएपछि सोमबार उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। मंगलबार अस्पतालबाट निवास ल्याइएका निर्मोहीको साँझ निधन भएको हो।
निर्मोहीकी पत्नी हेरमदेवी विकको पनि मिर्गौला रोगकै कारण गत २३ माघमा निधन भएको थियो। श्रीमतीको निधन भएको केही समय नबित्दै निर्मोहीको पनि निधन भएपछि परिवार शोकमा डुबेको छ।
स्वर्गीय निर्मोहीको अन्तिम दाहसंस्कार भोलि सिधनियाघाटस्थित राप्ती नदीमा गरिने परिवारले जनाएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगन्ज औद्योगिक क्षेत्र अगाडिबाट राप्ती नदीतर्फ शवयात्रा प्रस्थान गरिने जानकारी दिइएको छ।
उनको निधनले नेपाली सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा






