एनआरएनए एनसीसी अमेरिका: पूर्ण कार्यसमिति बैठक सम्पन्न, संरचना विस्तार र नेतृत्व मनोनयन

|

क्यालिफोर्निया,अमेरिका /गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको पूर्ण कार्यसमिति बैठक जनवरी ४, २०२६ मा अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा भर्चुअल (Zoom) माध्यमबाट सम्पन्न भयो।
बैठकले संगठन सुदृढीकरण, संरचनात्मक विस्तार तथा आगामी कार्यदिशालाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गर्‍यो।

 

प्याट्रोन समिति गठन:

संघलाई दीर्घकालीन मार्गदर्शन र सल्लाह प्रदान गर्ने उद्देश्यले बैठकले निम्न व्यक्तित्वहरूलाई प्याट्रोन समितिमा मनोनयन गर्‍यो:

चीफ प्याट्रोन:

• शिव राई – न्यू ह्याम्पशायर

प्याट्रोन सदस्यहरू:

• भुवन आचार्य – टेक्सास
• डा. संजु महतो – ओहायो
• कुलमणि आचार्य – मेरील्यान्ड
• सुनिता सापकोटा कन्डेल – क्यालिफोर्निया
• डा. तारा सिग्देल – क्यालिफोर्निया

 

१३ सदस्यीय सल्लाहकार समिति:

बैठकले १३ सदस्यीय सल्लाहकार समिति गठन गर्दै निम्न व्यक्तिहरूलाई मनोनयन गर्‍यो:

बलराम थापा (क्यालिफोर्निया), डा. डोल्मा लामा (क्यालिफोर्निया), डा. शिलु न्यौपाने (टेक्सास), केशव लोहनी (केन्टकी), बिरोचन नेपाल (म्यासाचुसेट्स), प्रीति सागर खत्री (आयोवा), पुरुषोत्तम पाण्डे (कोलोराडो), रैबत राज पौडेल (कोलोराडो), राजकुमार पाण्डे (क्यालिफोर्निया), रामचन्द्र भट्ट (टेक्सास), रामेश्वर बुर्लाकोटी (न्यूयोर्क), सुन्दर कर्माचार्य (टेक्सास) र सुनिता बस्नेत (भर्जिनिया)।

 

३१ सदस्यीय अनररी काउन्सिल गठन:

संघले ३१ सदस्यीय अनररी काउन्सिल गठन गर्दै विभिन्न राज्यका प्रतिनिधिहरूलाई मनोनयन गर्‍यो।
यसमा न्यू ह्याम्पशायर, टेक्सास, मेरील्यान्ड, क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो, भर्जिनिया, म्यासाचुसेट्स, ओहायो, पेन्सिलभेनिया लगायतका राज्यका सक्रिय व्यक्तित्वहरूको सहभागिता रहेको छ।

मिडिया कोर्डिनेटर मनोनयन:

बैठकले किशन रेग्मीलाई एनआरएनए एनसीसी अमेरिकाको मिडिया कोर्डिनेटर पदमा मनोनयन गरिसकेको छ र साथै एनआरएनए एनसीसी अमेरिकाले मनोनीत सबै प्याट्रोन, सल्लाहकार, अनररी काउन्सिल सदस्य तथा पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

 

२०८२ पुष २७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।