
ब्यूमोण्ट (क्यालिफोर्निया) ब्यूमोण्ट–ब्यानिङ नेपाली समाजद्वारा पहिलो पटक आयोजना गरिएको ऐतिहासिक “हरितालिका तीज विशेष कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ।
नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक कृष्ण देवकोटाले आफ्नो बेजोड प्रस्तुति दिँदा उपस्थित दिदीबहिनी र दाजुभाइहरूमा विशेष उत्साह जगाएको थियो। देवकोटाको लोकदोहोरी र गीत–संगीतमा सहभागीहरूले नाचेका, रमाएका र तीजको उल्लासमा डुबेका देखिन्थे।
कार्यक्रमका प्रमुख अतिथिमा हालै निर्वाचित NRNA ICC Member (2025–2027) ज्ञानेन्द्र गुरुङ हुनुहुन्थ्यो। सोही अवसरमा Inland Empire Nepalese Welfare Society (IENWS) का अध्यक्ष दीप शंकर सुवेदी लगायतका अतिथिहरूले पनि तीजको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय बाल कलाकारहरू तथा अन्य कलाकारहरूको नृत्य प्रस्तुति रहेको थियो।
समारोहको अध्यक्षता ब्यूमोण्ट–ब्यानिङ नेपाली समाजका अध्यक्ष एकदेव शर्माले गर्नुभएको थियो। उहाँले संस्थाको पहिलो औपचारिक सांस्कृतिक कार्यक्रम ऐतिहासिक र सफल भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन भविष्यमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तीजको उल्लास र एकता:
कार्यक्रममा सहभागी महिला, पुरुष, युवा–युवती तथा बालबालिकाले रमाइलो गर्दै तीजलाई आफ्नै ठाउँमा बसेर मनाउने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए। नाचगान, संगम र सांस्कृतिक प्रस्तुतीमार्फत नेपाली परम्परा, संस्कृति र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य सफल भएको आयोजकले बताएका छन्।
आयोजकको आभार:
ब्यूमोण्ट–ब्यानिङ नेपाली समाजले कार्यक्रममा उपस्थिति जनाएका सम्पूर्ण महानुभावप्रति हार्दिक आभार प्रकट गरेको छ। संस्थाले भविष्यमा पनि यस किसिमका सांस्कृतिक र सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
आयोजकः
ब्यूमोण्ट–ब्यानिङ नेपाली समाज, क्यालिफोर्निया
(Beaumont–Banning Nepali Society)