“दाईजो”

|

 

यो रित चलाउनेले यति किन नबुझ्देको….?
दाईजोले हुँदै गरेको विहेवहारी अधुरो बन्छ।
दाईजोले विहे माण्डपको जग्य भाडिन्छ।
दाईजोले एउटा नारीले कति पीडा भोग्छिन।
दाईजोले आपसमा जोडिएको सम्बन्ध तोडिन्छ।

विगतमा कसरी विते आमा बाबाका दिन,
फेरि दाईजो माग्छौ तिमी थुपार्दै टाउकोमा ऋण
अलिकति सोचेनौ
अलिकति बुझेनौ
अलिकति जानेनौ
भनौ भने पनि दाईजो माग्ने तिमी म भन्दा कैयु गुना बुझ्कार हुन्छौ।।

हत्यरी यो कस्तो रित चलेछ…?
कस्ले चलाएछ?
किन चलाएछ?
फेरि मेरो प्रश्न…
के दाईजो बिना दुई घरको सम्बन्ध रहदैन?
के दाईजो बिना दुई बिच माया ममता हुन्ना?
के दाईजो बिना बिहेवारी अमान्ने हुन्छ..?

तिमी यति बुझ
आमाको दशनाला दूध दाईजो हो।
बाबाको रगत पसिना दाईजो हो।
दाजु भाईको प्रेणा दाईजो हो।
दिदी बहिनीको माया स्नेह दाईजो हो।
त्यसैले त तिमी दाईजो लिन लाएक बनेको हौ।

आमा बाले दिने दाईजो,
दाजुभाइले दिने दाईजो,
दिदिबहिनीले दिने दाईजो,
आमा बाको बुढेसकालको सहारा बनोस
दाजुभाइले ल्याउदाको अपुग पुगोस
दिदिबहिनीले लिदाको अपुग पुगोस

तिम्रो श्रीमानले तिम्ले दिने अपार माया दाईजो बुझ्दिउन
तिम्रो ससुरा बाले बुहारीको स्वाभिमान दाईजो बुझ्दिउन
तिम्रो सासुआमाले बुहारीको सस्कार दाईजो बुझ्दिउन
बाँकि अरुले तिम्ले गर्ने सम्मानलाई दाईजो बुझ्दिउन

दाईजो बिना सृष्टि चल्छ
घर गृष्टि पनि चल्छ।
र उ दाईजो लिने वालाले यति बुजोस मेरो दाईजो उ हो म उस्को सम्पत्ति
बाँकि दाईजो र सम्पत्ति त दुवै मिली जोड्नुहोस
रित्तो जाउ भरी बनाउ
रित्तो आउ भरी बनाउ
अटल सम्बन्ध प्रित हो।
दाईजो एक स्वार्थी रित हो।

नाम – धिरेन रोकाय क्षितिज
ठेगाना – भेरी नगरपालिका-७, जाजरकोट

२०८२ असार ३०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।