
अघाएकोलाई अन्न आहार आवश्यक छैन
प्रेममा प्रेमविमुखलाई प्यार आवश्यक छैन
ए जिन्दगी तेरो सुरक्षा त आफै होस यार
तेरो लागि कोहि चौकिदार आवश्यक छैन
एउटा सानो छेउ कुनामा सन्तुष्ट हुनेलाई
क्षितिज वारिको पुरै संसार आवश्यक छैन
यो तिम्रो रुप भनेको प्रकृतिको ब्रदान हो
त्यसै त राम्री तिमी श्रृङ्गार आवश्यक छैन
खरको झुपडीमा आनन्द लिनेहरुको लागि
मलाई लाग्छ कुनै दरबार आवश्यक छैन
बेरोजगारहरु लाई सधै छुट्टि नै त हो
छुट्टिमा हुनेलाई शनिबार आवश्यक छैन
नाम – धिरेन रोकाय क्षितिज
ठेगाना – भेरी नगरपालिका-७, जाजरकोट