अनिल चौधरीको जीवन रक्षाका लागि सहयोगको अपील

|

बर्दिया ।  समाजसेवा, इमान्दारता र लगनशीलताको पर्याय बनेका अनिल चौधरी आज जीवनमरणको दोसाँधमा हुनुहुन्छ । ढोढरी ७ बर्दिया घर भएका अनिल, आफ्नो कर्मभूमिको रूपमा लामो समयदेखि विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शान्तिबजार शाखामा निष्ठापूर्वक सेवा गर्दै आएका अनिल चौधरी अहिले गम्भीर स्वास्थ्य संकटमा हुनुहुन्छ ।
२९ वर्षीय अनिलको दुबै मृगौला फेल भइसकेको छ र उहाँ हाल उपचाररत हुनुहुन्छ । तर, दुर्भाग्यवश, आर्थिक अभावका कारण उहाँको उपचार रोकिएको छ ।
अनिलको पारिवारिक अवस्था सामान्य छ । दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्ने अवस्थामा रहेका अनिलका परिवार अहिले संकटको गहिराइमा डुबिरहेका छन् ।
अनिलको उपचारका लागि पीडित परिवारले देश तथा विदेशमा रहनुहुने मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि विनम्र अपिल गरेका छन् । तपाईंको सानो सहयोगले पनि अनिलको जीवन बच्न सक्छ । सहयोग गर्न चाहनुहुनेले तलको बैंक त्तच् कोड वा सम्पर्क माध्यमबाट सीधै सहयोग गर्न सक्नुहुन्छ । “हामीले एक जीवन जोगाउन सक्छौं – आजै सहयोग गरौं !” मानवता नै सवैभन्दा ठुलो गुण हो ।
पीडितको नामः अनिल चौधरी
उमेर ः २९ वर्ष
स्थान ः ढोढरी, बर्दिया
समस्या ः दुबै मृगौला फेल
संस्था ः विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड
अवस्था ः उपचार रोकिएको, आर्थिक अभाव

२०८२ असार १३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।