काठमाण्डौं । गुरुङ चलचित्र क्षेत्रका पहिलो नायक एवम् निर्देशक प्रितम गुरुङको ५० औ चलचित्र मुख्याको प्रिमियर शो शुक्रबार इन्फिनिटी मुभिज गोंगबु काठमाण्डौमा भव्य रुपमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा प्रदर्शन भएको छ।

चलचित्रका निर्देशक प्रितम गुरुङ लगायत चलचित्रमा भुमिका निभाउनु हुने कलाकारहरु सम्पूर्ण मुख्या चलचित्र युनिटलाई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हार्दिक बधाई तथा सफल प्रदर्शनको शुभकामना ब्यक्त गर्नुभयो।

साथै प्रितम गुरुङ लगायत सम्पुर्ण चलचित्र मुख्या युनिट प्रति हार्दिक आभार एवम् कृतज्ञता ज्ञापन गर्दै चलचित्र मुख्याले सबैको मन जित्न सफल होस् भन्ने शुभेच्छा सहित भव्य र सफल प्रदर्शनको शुभकामना व्यक्त गरिएको थियो ।

									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									




