जसपा नेपाल बाँकेको अध्यक्षमा कौशल कुमार धोबी सर्वसम्मतले निर्वाचित

|

नेपालगन्ज / जनता समाजवादी पार्टी,नेपालको बाकें जिल्लाको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा कौशल कुमार धोबी सर्वसम्मतले निर्वाचित हुनु भएको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अकबर अली खां, सचिवमा सुर्यलाल यादव, सहसचिवमा श्याम श्रेष्ठ,सहसचिवमा राहिल किंगरिया र कोषाध्यक्ष रचना गुभाजु लगायत ३१ समिती सदस्य गठन भएको छ । प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बाँके जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका थिए । मधेश आन्दोलन लगायत अन्य ज्ञात अज्ञात शहीदलाई सम्झदै पानसमा बत्ति बालेर अधिवेशनको खुला सत्रको उद्घाटन गरिएको थियो ।

सो अधिवेशनको खुला सत्रको उद्घाटनमा बोल्नु हुदै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक अवस्था नाजुक भईसकेकोले अब नेपालमा नै कलकारखाना खोलेर स्वदेशमै युवाहरुलाई रोजगारी ब्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरि जसपाका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रलाई बचाउने समय आएको बताउनुभयो ।

त्यसैगरि शुभकामना तथा मन्तब्य राख्नु हुनेमा जसपाका केन्द्रिय सचिव तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई,जसपाका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, केन्द्रिय सदस्य तबस्सुम अन्सारी, रामकुमार यादव, केन्द्रिय सदस्य एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह लगायतले मधेसी, मुस्लिम, थारु लगायत समुदायको अधिकार स्थापित गर्न संविधान संशोधन गर्नुपर्ने धारणा समेत राखेका थिए । जसपा नेपाल बाँकेका अध्यक्ष कौशलकुमार धोबीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम जसपा बाँके सचिव सूर्यलाल यादवले सन्चालन गरेका थिए ।

२०८२ जेष्ठ २३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।