
ए माया” नयाँ म्युजिक भिडियोले ल्यायो प्रेमको शितल बहार नेपाली संगीतको क्षेत्रमा फेरि एक पटक प्रेमिल बहार लिएर आएको छ
नयाँ गीत “ए माया, जसले दर्शक-श्रोताको मन जितिरहेको छ, यो गीतमा सुमधुर स्वर दिएका छन् चर्चित गायक ऋषि खड्का र प्रतिभाशाली गायिका अनु चौधरीले, उक्त गित “ए माया” चर्चाको शिखरमा रहेको छ ।
उनीहरूको आवाजमा रहेको मिठास र भावनाले श्रोतालाई गीतसँग भावनात्मक रूपमा जोड्न बाध्य बनाउँछ।
“ए माया” गीतले समकालीन प्रेमलाई सकारात्मक भावनासँग जोड्न सफल भएको छ। गीतको म्यूजिक भिडियोमा दुई चर्चित मोडलहरू शितल वाग्ले र उषा उप्रेतीले अभिनय गरेका छन्। उनीहरूको सौन्दर्य, अभिव्यक्ति, र नृत्य कौशलले भिडियोमा जीवन थपेको छ।
शितलको आत्मविश्वासी उपस्थितिले दर्शक स्रोताको ध्यान तान्छ भने उषाको कुशल नृत्य र अभिनयले गीतलाई गतिशील बनाउँछ। गीतको भिडियो अत्यन्तै आकर्षक ढंगले छायांकन गरिएको छ। सिनेम्याटोग्राफी, लोकेसन, र लाइटिङ सबै पक्षमा सन्तुलन राखिएको छ जसले भिडियोको कलात्मकता बढाएको छ।
नृत्य निर्देशक मौसम हिमालीले यस म्युजिक भिडीयोलाई सरल तर प्रभावशाली रूपमा प्रस्तुत गर्न सफल भएका छन्। “ए माया” केवल प्रेम गीति नभई, युवा पुस्ताको भावना र सम्बन्धप्रतिको सोचलाई पनि प्रतिबिम्बित गर्छ। प्रेमको सकारात्मक दृष्टिकोण, समर्पण, र सम्मान यो गितमा पाउन सकिन्छ ।
मोडल तथा कलाकार शितल वाग्ले पछिल्लो समय रंगमन्च, म्युजिक भिडियो र विज्ञापन साथै VfX मा ब्यस्त रहेका छन् भने कलाकार उषा उप्रेति पनि म्युजिक भिडियोमा अत्यन्तै ब्यस्त छिन् ।
संगीत, स्वर, अभिनय र निर्देशनको उत्कृष्ट संयोजनका रूपमा “ए माया” एउटा यादगार सिर्जना बनेको छ। गायक तथा संगितकार ऋषि खड्का भन्छन् यो मेरा उत्कृश्ट गितहरु मध्येको एउटा गित हो र “ए माया” उक्त भिडियोका सिनेमेट्रोग्राफर नवराज उप्रेति हुन् भने मनोज कार्कीले दृश्य सम्पादन गरेका छन् र राजेन्द्र अर्यालले आई टि सपोर्ट गरेका छन् ।
Music Crave YouTube Channe मा हेर्न नबिर्सनुहोस्: “ए माया”