
काठमाडौं / गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ। उपचारका क्रममा ललितपुरको क्यान्सर अस्पतालमा आज बिहान निधन भएको हो। रसिक लामो समयदेखि क्यान्सरबाट पीडित थिए। उनका नेपाली साहित्यिक क्षेत्रमा कथा,कविता,उपन्यास,संस्मरण र निवन्ध विद्याका दर्जनबढी संग्रह प्रकाशित छन्।
उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् । उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं।२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।
रसिकले बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निर्वाह गरे ।