सांगीतिक क्षेत्रमा आशा जगाउँदै आशा

|

सोम गुरुङ,काठमाडौ । दाङ जिल्ला घोराही नगरपालिका वडा नम्बर १०, नारायणपुर घर भई हाल काठमाडौँ बसोबास गर्ने आशा बुढा अहिले सांगीतिक कोसेली हाम्रो प्रेम गीत लिएर आएकी छिन् । बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्ने उनीले अहिले हाम्रो प्रेम गीत लिएर बजारमा ल्याएकी हुन्। विगतमा उनीले दुई वर्ष क्लासिकल संगीत पनि अध्ययन गरेकी हुन् ।

सो गीतको शब्द तथा संगीत सागर अधिकारी “शरद”को रहेको छ भने स्वर आशा बुढाको रहेको छ साथै फिचरिङ पनि आशा बुढाले नै गरेकी छिन्। सागर अधिकारी “शरद” विगत लामो समयदेखि संगीत अध्ययन गरेर यसै सांगीतिक क्षेत्रमा कार्यरत हुनुहुन्छ। उहाँ एक बहुमुखी प्रतिभा हुनुहुन्छ। उहाँले गीत संगीत तथा रचना पनि आफैले गर्नुहुन्छ। सो गीत आशा खुशी च्यानलबाट प्रसारण भएको छ ।

सो गित छोटो समयमा सम्पुर्ण दर्शकको मनमा बस्न सफल भएको छ । उहाँको पहिलो एल्बम तीज गीत सिरैमा रहेको थियो भने दोस्रो एल्बम तीज गीत नथिया, त्यसैगरी तेस्रो एल्बम लोकगीत रसै कागती रहेको थियो भने चौथो एल्बम अवधि भासाको पुनमके चाद र पाँचौं एल्बममा तालको पानीमा पनि आफ्नो स्वर दिई सक्नु भएको छ ।

२०८२ बैशाख २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।