बाना बोर्ड अफ ट्रष्टीमा प्रभुराम थापा निर्वाचित

|

क्यालिफोर्निया (अमेरिका) । दुई दशक पुरानो संस्थाबाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्रभुराम थापा निर्वाचित भएका छन् ।

मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ÷संस्थाहरु मध्ये शीर्ष स्थानको मानिने बानाको बोर्ड अफ ट्रष्टीको नेतृत्वका लागि मतदान भएको थियो ।

चुनाव नगरौं भनेर साथीहरुले सहमतिको प्रयास गर्नुभएको थियो । ११६ ट्रष्टी सदस्यहरु मध्य मलाई ९७ जनाले विश्वास गर्नुभयो । सबैप्रति आभारी छु’  भन्दै थापाले  द वल्ड नेपाल न्युजलाई जानकारी गराएका हुन्  । (बाना) को चुनावमा आफ्नो प्रतिस्पर्धी भन्दा अत्यधिक मत पाएर थापा निर्वाचित भएका हुन् ।

 

बाल्टिमोरमा रहेर व्यबसाय, सामाजीक सेवा लगायत कार्यमा थापा निरन्तर कृयाशील छन् । उनी प्रवासी नेपाली मञ्च अमेरिकाको निवर्तमान अध्यक्ष पनि हुन् । 

संस्थाका निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अनुसुया श्रेष्ठ वन्त, सचिवमा सूर्योदय तिमिल्सिना र सदस्यहरुमा रिना केसी, जनक पौडेल र सुशीला महत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको गरिमा कायम राख्दै समुदायको सेवामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु सदस्य रहेको संस्था बानामा ५ हजारभन्दा बढी सदस्य  रहेका छन् ।

२०८१ फाल्गुन १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।