नागरिकता खोइ अभियानले अमेरिकामा अन्तरक्रिया गर्ने : बासुदेव घिमिरे

|

अमेरिका क्यालिफोर्निया/ झन्डै पन्ध्र महिना अघि नेपाल सरकारले निक्कै तामझाम गरेर ल्याएको गैर आवासीय नेपाली नागरिकता ऐन आजसम्म पनि प्रयोजनहीन छ । न त यसको कार्यान्वयनका लागि आवश्यक नियमावली तयार भएकोछ न यो ऐनलाई सहयोग पुर्‍याउने अन्य ऐनहरु नै संशोधन गरिएको छ ।

सरकारको यस्तो वेवास्ता र हेलचेक्र्याँइबाट गैरआवासीय नेपालीहरु आजित भएका छन् ।त्यसैले अब बंशजको नागरिकताको निरन्तरता नै गैरआवासीय नेपालीको आवाज बन्दै गएको छ ।

यसै सन्दर्भमा विगत ७/८ महिनादेखि संचालित “नागरिकता खोइ ” अभियानले नेपाल र विदेशमा रहेको नेपाली समुदायलाई तरंगित पार्न थालेको देखिन्छ । अमेरिका , बेलायत , क्यानडा र अष्ट्रेलियामा यो अभियानले गैरआवासीय नेपालीहरुलाई जोड्ने काम प्रारम्भ गरेको छ ।

“नागरिकता खोइ” अभियानका संयोजक बासु घिमिरे विगत सात महिनादेखि नेपालमै बसेर व्यापक संपर्क तथा छलफल र बहसमालागेका छन् ।

उनले नेपालका मूख्य राजनीतिक पार्टीका नेताहरु , बौद्धिक व्यक्तित्व , कलाकार , पत्रकार लगायत समाजका सबै तप्काका सरोकारवालाहरुलाई आफ्नो अभियानका बारेमा प्रष्ट्याउने काम गरिरहेका छन् ।

 

उनले विभिन्न संचार माध्यमहरुबाट “नागरिकता खोइ” अभियानको उदेश्य, नेपालको सामाजिक र आर्थिक क्षेत्रमा यसले पुर्‍याउने सकारात्मक उपलब्धिका बारेमा सरोकारवालाहरुलाई शिक्षित र जागरुक पार्न सक्रिय देखिएका छन्। केहीदिन अघि नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासंग यो अभियानले गरेको छलफल निक्कै चर्चामा आयो ।

 

 

त्यसैगरी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, काँग्रेसको पूर्व आप्रवासी विभाग लगायत नेकपा एमाले, माओवादी, राप्रपा, रास्वपा , जनमत पार्टीका प्रभावशाली नेताहरुसंग पनि नागरिकता खोइ अभियानले बंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो धारणा स्पष्ट पारेको कुरा अभियानका संयोजक वासु घिमिरेले जानकारी दिएका छन्। नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजनीतिक दलका शीर्षस्थ नेताहरुसंग भेटेर बंशजको नागरिकताको निरन्तरताको माँग राखिने कुरा पनि उनले बताएका छन्।

 

आगामी मार्च १५ देखि अमेरिकाका केही स्थानहरुमा नागरिकता खोइ अभियानले अन्तरक्रिया गर्ने भएको छ। अभियानले द वल्ड नेपाल न्युजलाई  बताए अनुसार टेक्सासको डालस र ह्युस्टन, क्यालिफोर्नियाको लसएन्जलस र स्यान्फ्रान्सिसको अनि न्युयोर्कमा कार्यक्रम गरिनेछ।


अभियानले आगामी मार्च १५ मा डालस , मार्च १६ मा ह्युस्टन र मार्च २२ मा लसएन्जलसमा अन्तरक्रिया कार्यक्रमको तयारी गरेको जानकारी दिएकोछ । अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिनेछ ।

Screenshot

उक्त कार्यक्रम मार्फत “नागरिकता खोइ” अभियानले अमेरिकावासी नेपालीहरुसंग व्यापक विचार विमर्श गरी आवश्यक सल्लाह , सुझाव र सहयोगको लागि आह्वान गर्नेछ ।

अमेरिकावासी नेपालीहरुको सल्लाह र सहयोग नागरिकता खोइ अभियानका लागि अत्यन्त प्रभावकारी हुने कुरा यस अभियानका संयोजक वासु घिमिरेले बताएका छन् ।

Screenshot

 

२०८१ फाल्गुन ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।