
नेपालगन्ज । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ राप्तीसोनारी ४ मा यही पुष २७ गते माघ मिलन कार्यक्रम हुने भएको छ । थारु समुदायको महान पर्व माघको अवसरमा राप्तीसोनारी ४ मा माघ मिलन कार्यक्रम हुने भएको हो । थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । माघ मिलन कार्यक्रममा १५ बढि गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य जस्तै मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा लगायतका नृत्य हुने थारु कल्याणकारिणी सभा बाँकेका सभापति संगिता थारुले बताउनुभयो ।
माघ मिलन कार्यक्रममा थारु परिकार जस्तै ढिक्री, घोघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वाद समेत लिन सकिने सभापति थारुले जानकारी गराउनुभयो । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने उहाँले जानकारी गराउनुभयो । माघ मिलन कार्यक्रममा आउने कलाकारहरु गायक खेम भौगोरिया, गायीका श्रीदेवी थारु, गायीका सञ्जिता सुन कुशुम्या लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रमको उदघाटन तथा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी रहने आयोजकले जनाएको छ । माघ मिलन कार्यक्रममा थारु समुदायमा योगदान पु¥याएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी लगायतलाई सम्मान समेत गर्ने सभापति थारुले बताउनुभयो ।