जेष्ठ नागरिककालागि निःशुल्क स्वास्थ्य शिविर

|

विराटनगर (मोरङ)। नेपाल युनाइट्सको आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर विराटेश्वर वृद्धा आश्रम सेवा समिति, अशोक चोक, विराटनगमा सम्पन्न भएको छ ।
आयोजक संस्थाका कार्यवाहक अध्यक्ष कंचन कुमारी शाहले ग्रासरुट मुभमेन्ट अन्तर्गत नेपाल युनाइट्सले सञ्चालनमा ल्याएको सामुदायिक संलग्नता कार्यक्रम मध्येको एक कार्यक्रम स्वास्थ्य शिविर रहेको बताए ।

विराटेश्वर वृद्धा आश्रम सेवा समितिका कोषाध्यक्ष उमा रेग्मीले आयोजक संस्थालाई धन्यवाद दिदै आफूहरुले यसरी स्वास्थ्य चेक जाँच, सुगर, प्रेसर जाँच गरी आवश्यक परामर्श लिन पाउदा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता किसिमका शिविर ल्याएर वृद्धा आमा बुवाहरुको सेवा गरिदिन आग्रह समेत गरिन ।
स्वास्थ्य शिविरमा सामान्य चिकित्सक, दाँत तथा गिजा रोग, ब्लड प्रेसर, सुगर जाँच लगायत रोगहरूको निःशुल्क जाँच तथा परामर्श गरिएको डा. अञ्जली मण्डलले बताए ।
डा. अञ्जली मण्डल, डा. शुभक कुमार अग्रवाल र स्वास्थ्यकर्मि राकेश कुमार मण्डलले वृद्धा आश्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

स्वास्थ्य शिविरमा वृद्धा आश्रममा २५ पुरुष र ३३ महिला गरि ५८ जना जेष्ठ नागरिकले सामान्य स्वास्थ्य जाँच गराएका छन् ।

२०८१ कार्तिक ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।