चलचित्र “ज्वाइँ साब”को टिम बुधवार नेपालगन्जमा आउँदै

|

नेपालगन्ज । नेपाली कथानक चलचित्र “ज्वाइँ साब”को टिम बुधवार नेपालगन्जमा आउने भएका छन् । सुपरस्टार चलचित्र ज्वाइँ साब असोज २४ गतेदेखि देशैभर प्रदर्शनमा आएको छ । दशैको पावन अवसरमा पारी रिलिज भएको फिल्मले दर्शकको मन जित्न सफल भएको हुनाले दर्शक सामु बसेर फिल्म हेर्नको लागि फिल्म टिम नै नेपालगन्जमा आउन लागेको हो । चलचित्रले कस्तो बजार पाएको छ र दर्शकले कत्तिको रुचाउनुभएको छ भनेर चलचित्र ज्वाइँ साबको टिम नै नेपालगन्जको क्युएफएक्स र सिने रोयल फिल्ममा आउने भएका हुन ।

चलचित्र ’ज्वाइँ साब’ टिमका कलाकार जितु नेपाल, निति शाह र चलचित्रका निर्देशक बसन्त निरौला भोली ९बुधवार० बिहान नेपालगन्जका हलहरुमा आउने भएका छन् । उनिहरु सिने रोयलमा विहान साढे ८ बजे र क्युएफएक्स ९बागेश्वरी हल० मा साढे ९ बजे आउन लागेका हुन् । भने साँझा साढे ५ बजे सिने रोयलमा पुनः आउने फिल्म युनिटले जनाएको छ । फिल्म युनिटले दर्शकसँगै बसेर चलचित्र हेर्ने छन भने दर्शहरुलाई प्रत्यक्ष भेट्ने छन् । दर्शकसंगै रमाउने भएका हुनाले समय मिलाएर फिल्म हेर्न आउन फिल्म युनिटले अनुरोध गरेको छ ।

२०८१ आश्विन २९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।