दीपक आचार्यको ‘बग्ने खोलाको पानी’ गीत सार्वाजनिक

|

काठमाण्डौं / लोकप्रीय गजलकार दिपक आचार्य जलनको गजल गीत ‘बग्ने खोलाको पानी’ बजारमा आएको छ । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘बग्ने खोलाको पानी’ बोलको गीत शुक्रबार एभरेष्ट ग्यालरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

दीपक आचार्य (जलन)शब्द रहेको गीतमा कमल अधिकारीले संगीत दिएका छन् । उक्त गीतमा हेमन्त शिशिरले एरेन्ज गरेका हुन्। उक्त गीतको म्युजिक भिडियोमा सुगमका संगीत लोकप्रिय मोडल सनम कठायत, सोफि धरेल र हेमा सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

गजलको मतला नै अति सुन्दुर छ बग्ने खेलाको पानी न तिम्रो न मेरो,सोचेजस्तो जिन्दगानी न तिम्रो न मेरो । गजलको पहिलो शेयर छ सहनु त पर्छ काँडा बिजेपनि,पिडा रहित कहनाी न तिम्रो न मेरो । गीतमा सनम र सोफिले अत्यन्तै सुन्दुर अभिनय गरेका छन । सनम कठायत पछिल्लो समयका सबैभन्दा व्यस्त कलाकार मानिन्छन उनले अहिलेसम्म सयौं आधुनिक गीतमा अभिनय गरिसकेका छन ।

साँचो मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत मार्किक ढंगबाटदेखाउन खोजिएको छ। गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । भिडियो चितवनको पर्यटकीय स्थानहरूमा छायाङ्कन गरिएको छ। उक्त म्युजिक भिडियोलाई प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको गरेका छन् भने विकाश दाहालको सम्पादन रहेको छ । दिपक आचार्य जलन लामो समयदेखि गजल क्षेत्रमा सकृय श्रष्ठा हुन । उनको जलेको मन गजल संग्रह प्रकाशित छ ।

हेर्नुहोस् भिडियोस्

 

 

 

२०८१ आश्विन १२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।