युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) को अधिवेशन सम्पन्न

|

अमेरिका, लस एन्जलस/युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) को हाइब्रिड अधिवेशनले २०२४-२०२८ कार्यकालको लागि नयाँ नेतृत्व मास्टर लब प्रसाद गोर्खालीको अध्यक्षतामा गठन गरेको छ।
निर्वाचित अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिव गणेश थापा, सचिव तथा प्रवक्ता राजु थापा, कोषाध्यक्ष अमृत महतो तथा सदस्यहरुमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्ग्तान, दीपक राना, उमेश राज भण्डारी, मिनुकाजि महर्जन, अर्जुन खड्का, कौशिला खड्का, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ ,ऋतु ज़िम्मी राई र नन्दु विष्ट रहेको निर्वाचन समितिका संयोजक रोशन अधिकारीले बताउनु भयो ।
सो कार्यक्रम मा दिवंगत हुनु भएका तेक्वान्दो मा बिशेष योगदान दिनु हुने खेलाडीहरू को संम्झाना मा १ मिनेट मौन धारण पनि गरिएको थियो ।

नेपालमा तथा प्रवासमा रहेका नेपालीलाई खेल सम्बन्धी सहयोग, सल्लाह तथा सुझाव दिनको लागि स्थापना भएको संस्थाले नेपालमा तेक्वान्दोको विकासको लागि सहयोग पुर्याउदै आएको छ। आजको कार्यक्रममा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू, र नेतृत्वकर्ताहरूको सहभागिता रहेको कार्यक्रम संयोजक अमृत महतोले जानकारी दिए। कार्यक्रम का प्रमुख अथिती सान डिएगोका महावाणिज्यदूत ऋषि ढकालले नेपाली तेक्वान्दोको विश्वव्यापी प्रभावलाई प्रकाश पार्दै खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न जारी रहेको प्रयासलाई प्रोत्साहन दिनुभयो ।
उहांले नेपाली समुदाय एकजुट भएर साझा उद्देश्यका लागि मिलेर काम गरेको देखेकोमा गर्व व्यक्त गर्नुका साथै उहांको तर्फबाट अन्टिएफले गर्ने हरेक कार्यक्रममा साथ र समर्थन गर्ने कुरा मन्तब्य को क्रम मा बताउनु भयो ।
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा अधिवेशनको उद्घाटन निवर्तमान अध्यक्ष सन्तोष प्रधान, सान डिएगोका महावाणिज्यदूत ऋषि ढकाल, समाजसेवी वेद भक्त जोशी, सल्लाहकार दिवाकर महर्जन, नेपाल अमेरिका एकता समाज का अध्यक्ष रोशन अधिकारी , मंदिर का अध्यक्ष रामेश्वर भण्डारी ले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए । निवर्तमान अध्यक्ष सन्तोष प्रधानको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको संचालन मुना प्याकुरेलले गरेकी थिइन्।
उक्त उदघाटन कार्यक्रम मा श्री पशुपति तथा बुद्ध मन्दिरका अध्यक्ष रामेश्वर भण्डारी ले उपस्थित सबै स्वागत गर्नु भएको थियो भने नेपाल अमेरिका एकता समाज का उपाध्यक्ष अर्जुन पौडेल , नेपाल अमेरिका पत्रकार संघ का सदस्य हेम राज बराल, जय नेपाल फ़ाउण्डेशन का महासचिव अग्नि चौलागाई , पशुपति मंदिर का ट्रस्टिं अध्यक्ष भक्त थापा , प्रबासी मंच क्यालिफोर्नियाका सभापति चिरंजीवी गौतम , एनआरएन अमेरिका का उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, र हामी नेपाली अमेरिका का निर्बतमान अध्यक्ष इंदिरा त्रिपाठी लगायातले अधिवेशन को सफलता को शुभकामना दिनु भएको थियो ।

कार्यक्रम बेलुकी स्थानीय हिमालयन ग्रिल रेस्टूरेण्ट निर्बतमान अध्यक्ष संतोष प्रधान ले निर्वाचित अध्यक्ष लव गोरखाली लाईसस्थाको सबै कुरा हस्तारण गर्नुभएको थियो ।
कार्यक्रममा संस्था र स्थानीय समाजमा योगदान दिनेहरु लाई सम्मान समेत गरीएको थियो साथै अन्तमा कार्यक्रम संयोजक अमृत महतोले उपस्थित सबै लाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो।

२०८१ भाद्र ३१, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।