युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) ले आगामी चौथो महासभा लसएन्जल्समा हुदै

|

लसएन्जलस, अमेरिका | युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) ले आगामी चौथो महासभाको सम्पूर्ण तयारी सकेको छ।
सेप्टेम्बर १४, २०२४ मा लस एन्जलसमा आयोजना हुने कार्यक्रममा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू र नेतृत्वकर्ताहरू सहभागी हुने कुरा कार्यक्रम संयोजक अमृत महतोले जानकारी गराउनु भएको छ।

उक्त सभामा तेक्वान्दोलाई के कसरी विश्वव्यापी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिनुको साथै नयाँ कार्यसमितिको चयन गर्न निर्वाचन गरिने छ ।

कार्यक्रम संयोजक महत्तोका भनाई अनुसार कार्यक्रमलाई सफल बनाउन सबै तयारी पुरा भई सकेको र कार्यक्रम बिहान स्थानीय नोर्वाक स्थित पशुपति मन्दिरमा विस्तृत छलफल/ निर्वाचन गर्ने अनि बेलुकी हिमालयन ग्रिल नेपीली रेस्टूरेण्टमा औपचारिक कार्यक्रम गरि पद हस्तान्तरण गरीने कार्यक्रम रहेको संयोजक महतोले द वल्ड नेपाल न्युजलाई बताएका छन् ।

सो अबसरमा संस्थामा बढी योगदान दिने महानुभावहरु लाई सम्मान कार्यक्रम समेत रहेको छ र यस चौथो महासभालाई भव्य रुपमा सफल बनाउन क्यालिफोर्नियाका स्थानीय संघसस्था र विभिन्न ब्यबसायी एंव ब्यक्त्त्विहरुबाट पनि पुर्ण सहयोग भईरहेको र सम्पुर्ण सामुदायिक संघसंसस्थाहरु एंव प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी भैदिन हुन समेत संयोजक महतोले यसै सुचना मार्फत गरेका छन् ।

२०८१ भाद्र २७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।