जाजरकोट । छेडागाड नगरपालिका वडा नं ५ थलहमा छेडागाड नगरपालिकाका वडा नं १ र २ का १६ जना परिवारका सहजकर्ताहरुका लागी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना तथा छेडागाड नगरपालिका वडा नं १ र २ को कार्यालयसंगको समन्वयमा उक्त प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको हो ।
समुदायमा ब्यापक रुपमा रहेको घर परिबारबाटै बाल बालिकामाथी हुने हिंसाको अन्त्य गर्ने उद्देश्यले समुदाय स्तरमा अभिभाबक र बाल बालिकाका लागी हिंसा रहित बाताबरणमा आफ्ना बालबालिकाहरुलाई कसरी अनुशासित बनाउन सकिन्छ भन्ने कुरामा आधारित रहेर कक्षा सञ्चालन गरि अभिभाबक तथा बालबालिकाको चेतनास्तरमा अभिबृद्धि गर्ने उद्देश्यका साथ सहजकर्ताहरु उत्पादन गर्न यो तालिमको आयोजना गरिएको हो । यही जेठ २ गते देखी ६ गते सम्म सञ्चालित तालिमको सहजीकरण पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका बाल अधिकार शासन तथा बाल संरक्षण परियोजना संयोजक कुबेर के सी र सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले बिश्वकर्माद्धारा सहजीकरण गरिएको उक्त तालिममा छेडागाड नगरपालिका वडा नं १ बाट १० र वडा नं २ बाट ६ जना गरी जम्मा १६ जना सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सहभागी भएका वडा नं. २ का हेमराज थापाले यस तालिमले गर्दा समाजमा गएर कार्यक्रम सन्चालन गर्न सहज हुने बताए । त्यसैगरि वडा नं.१ अर्का सहभागी सुरिता कुमारी रावतले यस तालिमले समाजमा रहेका कुरितिलाई कसरी समाधान गर्ने भन्ने बारे जानकारी भएको बताईन् । कार्यक्रमको उद्घाटन सत्रमा छेडागाड नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम बहादुर बुढा, वडा नं १ कै नगर कार्यपालिका सदस्य जैरुपा बस्नेत, छेडागाड नगरपालिका बाल कल्याण अधिकारी चन्द्रलाल शर्मा, पाँचतारा युवा संरक्षक मञ्चका कार्यक्रम ब्यबस्थापक पुस्पराज खतिवडा लगाएत परियोजनाका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
तालिम पश्चात वडाका बिभिन्न समुदायमा ६ देखी १७ बर्ष उमेर समुहका बालबालिकाहरु र तिनका अभिभाबक र संरक्षणकर्ताहरुलाई ब्यबहारिक ज्ञान प्रदान गरि अभिभाबकहरुद्धारा सकारात्मक ब्यबहार मार्फत बालबालिका माथी हुने हिंसाको अन्त्य गर्ने र निकट भबिश्यमा बाल हिंसा मुक्त वडा तथा नगरपालिका निर्माण गर्न उक्त कक्षा ज्यादै प्रभाबकारी रहेको हुदाँ यसलाई निरन्तरता दिन यस प्रकारको तालिमको आयोजना गरिएको हो । नेपालमा बाल बालिका सम्बन्धि ऐन २०७५ र नेपालको संबिधान २०७२ द्धारा बालबालिका माथी हुने हिंसालाई कानुनी रुपमा प्रतिबिम्बित गरेता पनी समुदायमा यसले ब्याप्त रुप लिईरहेको छ जसका कारण बालबालिकालाई शाररिक, मानसिक, भाबनात्मक तथा मनोबैज्ञानिक रुपमा असर पारिरहेको छ ।