आज तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्व मनाइयो

|

काठमाण्डौ / आज तराईका जिल्लामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइयो। हिजो हिमाली तथा पहाडी क्षेत्रमा होली पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकता, भ्रातृत्वका लागि रङ, अबिर लगाएर होली मनाउने गरिन्छ ।

दानबी प्रवृत्तिको प्रतीक मानिने होलीकाको दहनपछि त्यसको खुशियालीमा सद्भावको प्रतीकका रूपमा रङ लगाउने चलन छ । अर्कोतर्फ वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई विदाइ गरेको मानिने यो पर्वको अवसरमा गीत गाएर आपसमा रम्ने र झुम्ने परम्परा तराईमधेशमा छ ।

२०८० चैत्र १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।