मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुदै

|

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। सामाजिक सञ्जालमार्फत सोमबार पोस्टर सार्वजनिक गर्दै नाटक मञ्चन हुन लागेको थिएटरले जनाएको छ।

यो सामाजिक यथार्थपरक नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी हुन्। पछिल्लो समय समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावलगायत विभिन्न कारणले नेपाली युवाहरु बाहिरिने चलन प्रथाकै रुपमा स्थापित हुँदै गईरहेको र त्यसले समाजमा निम्त्याएको प्रभाव र परिवर्तनको दस्ताबेजलाई नाटकमार्फत देखाउन खोजेको निर्देशक चौधरीले बताए। उनले भने।नाटक चैत १८ गतेसम्म चल्नेछ।

नाटकमा कलाकार शीतल वाग्ले, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति के.सी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राई, कृष्ण गुरुङ (कृष), कोहिनूर विश्वकर्मा, मञ्जिल श्रेष्ठ, दिपक श्रेष्ठ, विजय तामाङ(ब्लोन), मान बहादर हिराङ्ग साम्पाङ्ग राई, सुशान्त पन्त, जीवन ठाकुर, पविन तामाङ्ग, रविन साहशकर, मनोज केसी, मुकेश पाण्डे पभात आङ्गबो लिम्ब र सोहित रावलको अभिनय रहनेछ।

थिएटरकै प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १२ः३० र ४ः०० बजेको दुई सो हुने थिएटरले जनाएको छ।

२०८० फाल्गुन २८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।