वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

|

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । सोमबार बेलुका ट्वीट गर्दै राष्ट्रपतिले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

दुःखको घडीमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत राष्ट्रपतिले व्यक्त गरेका छन् । भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने र ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

२०८० फाल्गुन १४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।