सरस्वती पूजा देशभर विद्याकी खानी सरस्वतीको पुजागरी मनाईयो

|

नेपालगन्ज । बुधवार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाईंएको छ । त्यसैगरि नेपालगन्जको वडा न.२२, पुरैनीमा अबस्थित हेप्पी होप इङलिस मिडियम स्कुलमा पनि सरस्वती पुजा मनाइएको छ ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक- कान छेड्न पनि शुभ मानिन्छ । वसन्त पञ्चमीका अवसरमा नेपालगन्जका विभिन्न ठाउँमा सरस्वतीको पुजा गरिएको छ ।

र, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक- कान छेड्न पनि शुभ मानिन्छ । वसन्त पञ्चमीका अवसरमा नेपालगन्जका विभिन्न ठाउँमा सरस्वतीको पुजा गरिएको छ ।

२०८० फाल्गुन २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।