बाजुरा । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका ४०० बढी स्याउ उत्पादन गर्दै आएका कृषकहरुलाई पालिका र GIZ को समन्वयमा संचालित Green Resilient Agricultural Productive Ecosystems (GRAPE) परियोजना अन्तर्गत स्याउ बगैचा व्यवस्थापनका लागि काट्छाट गर्ने औजार आरि, सिकेचर, भर्याङ र रोग किरा नियन्त्रणका लागि चाहिने बोर्डो पेस्ट र ब्रुस बितरण गरिएको छ।
सामाग्री बितरण गर्नु भन्दा केहि समय अगाडि कृषकको स्याउ बगैंचामा गई उक्त परियोजना अन्तर्गत स्याउ बिज्ञ, पालिका कृषी संयोजक र स्थानिय स्रोत व्यक्तीहरुले कृषक समुहमा तालिम दिएको र उक्त तालिम प्रभाबकारी र अपरिहार्य रहेको र किसानको चासो र सहभागिता बढेकोमा धन्यवाद दिदै स्याउको मुल्य श्रृङखलाको ठूलो सम्भावना बोकेको बाजुरा जिल्लामा कार्यहरु अगाडि बढीरहेको कुरा , हिमाली गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो।
उपलब्ध भएका ज्ञान र सामाग्रीहरुको सहि सदुपयोग गरि स्याउको उत्पादनमा वृद्धि गराउन सबैले हातेमालो गर्नु पर्नेमा हिमाली गाउँपालिका वार्ड न ६ का अध्यक्ष प्रेमलाल भन्डारीले बताउनु भयो।
परियोजनाले बाजुरा जिल्लाको तीन पालिकामा स्याउ, रैथाने बाली, ताजा तरकारी , जडिबुटी र आलुको मुल्य श्रृङखलामा काम गरिरहेको छ।