लक्ष्मीप्रसाद देवकोटाको ‘आकाशमा शशी छन्’ सार्वजनिक

|

काठमाडौँ । गायक तथा संगीतकार सन्तोष श्रेष्ठको गायनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा हिजो एक कार्यक्रम गरी उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले उक्त गजलको श्रव्यदृश्य लोकार्पण गर्नुभएको थियो ।

महाकावि देवकोटाको ‘आकाशमा शशी छन्’ गजललाई गायक तथा संगीतकार श्रेष्ठले आफ्नै स्वरमा रेकर्ड गराउनुभएको हो । महाकवि देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सृजनालाई ऐतिहासिकरूपमा सङ्गीत र स्वरबद्ध गरेर बाहिर ल्याउनु सुखद भएको बताउनुभयो ।

झण्डै एक सय वर्षअघि लेखिएको देवकोटाको गजल रेकर्ड गर्नु गजल प्रेमीका लागि खुसीको कुरा भएको समालोचक घनेन्द्र ओझाले बताउनुभयो ।हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन गरेको श्रव्यदृश्यमा गायक तथा संगीतकार श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ ।

२०८० माघ १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।