भेरी सहकारी बित्तीय संस्था लिमिटेडको २८औँ बार्षिक साधारणसभा सम्पन्न

|

नेपालगन्ज। नेपालगन्ज बाँकेमा अवस्थित प्रधान कार्यालय भेरी सहकारी बित्तीय संस्था लिमिटेडले २८औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारणसभामा आ.व. २०७९/०८० मा संस्थाले १ करोड ५५ लाख ५९ हजार २ सय ३५ रुपैयाँ बराबरको नाफा गरेको छ । जसमा शेयर पुँजी २ कराेड ७२ लाख ६२ हजार ४ सय गर्न सफल भएको सस्थाका सभाअध्यक्ष पदम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी सँँघ बाँकेका संचालक सदस्य जमान सिँह वलीले पानसमा दिप प्रज्वलन गरेर उद्वघाटन गरेका थिए । साथै प्रमुख अतिथि वलीले बाँकेमा भेरी सहकारी वित्तीय संस्था लिमिटेडले उत्कृष्ठ काम गरेकोले यस संस्थामा सवै लाग्नु पर्ने र नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताए।

भेरी सहकारीमा सवै आवद्ध भएर यसलाई लुम्बिनी प्रदेश कै उकृष्ट बनाउन लाग्नु पर्ने बताउनुभयो । अतिथिहरु भेरी सहकारी संस्थाका संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाई, राष्ट्रिय सहकारी बैंक लि. शाखा प्रमुख प्रकाश थपलियाले भेरी सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्लामा उत्कृस्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् । भेरी सहकारीका सल्लाहकार भीम बहादुर शाही , श्याम कुमार शर्मा भट्ट लगाएतका साधारण सभामा सहभागी रहेको सहकारीका व्यवस्थापक शाेभा गुरूङले जानकारी गराईन् । सो साधारणसभामा माया लोनिया,शिव प्रसाद जोशी र उषा तारामी गुरुङलाई सम्मान गरिएको थियो ।

२०८० पुष २८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।