नेपालगन्जमा रैथाने वस्तुको हाट बजार सन्चालन गर्दै नाना-चाचा

|

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने लुगा कपडा र खाद्यवस्तुको हाट बजार सन्चालन हुने भएको छ । नेपालगन्जको औधोगिक क्षेत्र नजिक रहेको रेष्ट्रो कप परिसरमा सन्चालन हुन लागेको छ । नाना चाचाको आयोजना तथा रेष्ट्रो कप तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा प्रत्येक शनिवार हाट बजार आयोजना हुने भएको छ ।

नाना चाचाले स्थानीय महिलाहरुले उत्पादन गरेको वस्तहरु बजारीकरण गर्ने, बजारमा प्रतिष्पर्धामा कसरी गर्ने, ब्यापारको प्रचारप्रसार कसरी गर्ने, स्थानीय तथा रैथाने खानेकुराहरुको संरक्षण, प्रबद्र्धनमा महिलाहरुको सहभागीतालाई अझ बढाएर लैजाने जस्ता कुराहरु सहकार्य गर्दै आएको छ । एकतिर दैनिक हजारौंको संख्यामा युवाहरु नेपालमा अवसरहरु नदेखेर बैदेशकि भुमिमा जानु अर्कातिर नेपालमा प्रचुर सम्भावना बोकेको रैथाने खाद्यवस्तु बजारमा नेपाल तथा विदेशमा निर्यात गर्न सकिने अवस्थामा नाना चाचाले कोक्रोमासँग सहकार्य गर्दै आएको छ । नाना चाचाले प्रत्यक्ष स्थानीय उत्पादकहरुसँग सहकार्य गर्दै दार्चुलाको बेसार, कैलालीको चुक अहिले बजारीकरण गरेको छ । नाना चाचाले सम्पूर्ण महिला उद्यमीहरुलाई हाट बजारमा आई आफनो उत्पादन भएका साम्रगी बिक्री वितरण गर्न समेत आह्वान गरेको छ ।

नाना चाचाका सन्चालक निता जिसी मल्लले हाट बजारले स्थानीय स्तरमा रहेको रैथाने खाना तथा परिकार र कपडाहरुलाई संरक्षण एवं संबद्र्धन गर्ने र नेपालको रैथाने खाने कुराहरुको संरक्षण तथा प्रबद्र्धनमा नयाँ कोशोढुङ्गा सावित हुने बताईन । नाना चाचाले रैथाने कृषि, कला सिप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्ग लगायत सबैलाई संलग्न गराउदै रोजगार सृजना गर्न पहल गर्ने योजना बनाएको छ । रेष्ट्रो कपका संचालक मन्जु केसीले यस हाट बजारमा सहकार्य गर्न पाउदा उत्साहित भएको बताउनु भयो ।

२०८० मंसिर १९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।