कचहरी” की कथाकार “जिज्ञासु” लाई ज्याेति स्रष्टा सम्मान

|

काठमाडौ । ज्याेति साहित्य प्रतिष्ठा काठमाण्डाै ले आयाेजना गरेकाे कथाकार कल्पना पाैडेल” जिज्ञासु” काे कचहरी कथा सङ्ग्रहकाे विमर्श तथा सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहकाे अध्यक्षता र विश्व कवि तथा संकृतीविद तुलसी दिवसकाे प्रमुख आतिथ्यतामा वुद्धि विकास मंडल पुस्तकालय लगनखेल ललितपुरमा सम्पन्न भएकाे छ।
विशिष्ट अतिथि शिखर कवि शैलेन्द्रसाकर ,साहित्यकार कृष्ण प्रधान वजय हितानकाे विशेष उपस्थितिमा भएकाे कार्यक्रममा विनेसाम भक्तपुर शाखाकी अध्यक्ष रेणु घिमिरेले स्वागत मन्तब्यकाे साथै कथाकारकाे व्याक्तित्व र कृतित्वकाे बारेका प्रकास पार्नु भएकाे थियाे। विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष तथा कचहरी कथा सङ्ग्रहकि लेखिका स्रष्टा कल्पना पाैडेल जिज्ञासुकाे कचहरी माथि मुख्य वक्ता प्रा. डा लेख प्रसाद निराैला, वक्ता प्रा डा सावित्रा श्रेष्ठ , समिक्षक कृष्ण प्रधान ,प्रगतिशिल साहित्यकार मनु विकले कथा सङ्ग्रहमा समेटिएका १५ वटै कथाहरुले सामाजिक यथार्थलाई औल्याउन सफल भएकाे ,गरिवी अभावका कारण महिलाहरु बैदेशिक राेजगारमा जाँदा भाेग्नुपरेका समस्या,बृद्धअवश्थामा भाेग्नु परेका समस्या, पहिलाकाे न्याय प्रर्णाली र वर्तमान न्याय प्रणालीका समस्याहरुलाई उठान गरिएकाे छ। मधेशी मुस्लिम , थारु र पहाडी सबै समुदायका महिला तथा गरीव पात्रहरुका समस्याहरु उठान मात्र नगरी पिडामा रुमलिएका पात्रहरु समस्या लाई छिचोल्दै सफलता प्राप्त गर्न सफल भएकाेले कथाहरु प्रगतिशिल चेत र दृष्टिकोणमा रहेकाे छन। भाषा शैली अत्यत सरल , सरस र सलल बग्ने खालकाे भएकाेले विषय वस्तु र भाषाका हिसावले पाठकहरुकाे मन तान्न सक्ने, पठनिय र बाेधगम्य भएकाे कुरा औलाउनु भएकाे थियाे। कथाकार कल्पना पाैडेल जिज्ञासुलाई ज्याेति साहित्य प्रतिष्ठान काठमाण्डाैले “ज्याेती स्रष्टा सम्मान “द्वारा प्रमुख अतिथि विश्व कवि तुलसी दिवस र प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहद्वारा सम्युक्त रुपमा माला खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएकाे थियाे।

उक्त कार्यक्रमा साहित्यकार हरु, ,विनेसाम केन्द्रका उपाध्यक्ष विजय हितान अर्थ सचिव के.बी पौडेलज्यू, विनेसाम नेपालका सल्लाहकार ऋषीराम सापकाेज्यू श्रेष्ठ प्रा डा श्रीधर गाैतम,वनेसाम ललितपुर शाखाका अध्यक्ष बुद्धिमान महर्जन, साहित्यकार नरेन्द्र पाैडल देवि प्रसाद पाेडेल,हिरादेवी उपाध्याय, असलेस उपाध्याय,माधव आचार्य शुशिला पराजुली,सुसना पराजुली,रुविन राना, उपसथित रहेकाे कार्यक्रम प्रतिष्ठानकी सचिव सुधा मिश्रले संचालन गर्नु भएकाे थियाे । विश्व कवि तुलसी दिवस , विशिष्ट अतिथि शिखर कवि शैलेन्दु साकार र साहित्यकार नरेन्द्र पाैडेलले जिज्ञासुकाे कथा सङ्ग्रह कचहरी माथि प्रकास पार्दै कथा उत्कृष्ट रहेकाेले ज्याेति स्रष्टा सम्मानद्वारा सम्मानित भएकाेमा कथाकार जिज्ञासुलाई बधाई तथा शुभकामना दिनु भएकाे थियाे। प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कथाकारलाई बधाई दिदै प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि लगायत
कार्यक्रमको लागि हल सहजीकरण गरि सहयोगी गरीदिनु हुने बुद्धि विकाश मण्डलका अध्यक्ष कृष्ण खड्का र पदम बहादुर डांगर र उपस्थित सबैलाई कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएकामा हार्दिक धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे।

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।