स्थानीय महिलाहरुलाई आर्थिक शसक्तिकरण गर्दै नाना चाचा

|

नेपालगन्ज । नेपालगन्जमा बिक्रीवितरण भईरहेको कोक्रोमाको उत्पादनहरु अहिले नेपालगन्ज शहर सगँसगै सुर्खेत, धनगढी, बिराटनगर, धरान, काठमाण्डौं र पोखरामा पनि माग बढेको छ । नाना चाचाले भर्खरै मात्र बिक्रि वितरण शुरु गरेको बालबालिकाका कपडाहरु साथै तिहारको अवशरमा भाईमसला पनि बिक्रीवितरण  शुरु गरेको नाना चाचाका सन्चालक निता जिसीले बताईन । ्

नेपाली चाडपर्वको अवशरमा पारेर आगमी दिनहरुमा पनि पर्व विशेष परिकारको बिक्रिवितरण गरिने बताईन । अहिले बजारमा ब्यापक माग आएपछि महिला उद्यमी सन्तोषी शाहीलाई नाना चाचाको बजार ब्यवस्थापक पदमा नियुक्त गरेको सन्चालक जिसी जानकारी गराईन । सुर्खेत घर भई हाल नेपालगन्ज डेरामा बसोबास गर्दै आउनु भएकी सन्तोषी शाही एक संघर्षशिल महिला उद्यमीको रुपमा परिचित हुदैछिन् । उनीको श्रीमान २ बर्षदेखि कर्तब्य ज्यानको मुद्धामा जेल जिवन बिताईरहेका छन । हाल उनी एक छोरीको उज्जवल शिक्षाको लागि डेरामा बसेर न्यायको लडाई लडिरहेकी छिन् । आर्थिक अवस्था कमजोर र कमाउने श्रीमान जेलमा रहेकोले छोरीको शिक्षा दिक्षाको समस्या परिरहेको अवस्थामा नाना चाचामा कार्य गर्न अवशर पाएकोमा उनी हर्षित भएको बताउछिन् ।

कोक्रोमाको उत्पादनहरु नानाचाचाले अनलाईन मार्फत देशभरि नै बिक्री वितरण शुरु गरेको छ । कोक्रोमा एक नेपाली बालबालिकाको लुगा ब्रान्ड हो जसले सीमान्तकृत महिलाहरूलाई सशक्त बनाउँछ र जेलमा रहेका कैदीहरूले बुनेको कपडाहरू प्रयोग गर्छ । कपासद्धारा सशक्त कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमले उत्पादन गरिएको बालबालिकाको कपडा हो ।

२०८० कार्तिक २२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।