
नेदरल्यान्ड । तामाङ समाज नेदरल्यान्डको शुक्रबार अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ ।
तामाङ समाज नेदरल्यान्डको नयाँ कार्यसमिति 2023-2025 को लागि शुक्रबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि खेम तामाङको अध्यक्षतामा नयाँ टिम चयन भएको छ ।
उपाध्यक्ष चन्द्र तामाङ,महासचिव श्रृजना तामाङ,सचिव लोकेन गोङबा तामाङ,कोषाध्यक्ष लिला लामा,सहकोषाध्यक्ष सुनिशा ब्लोन,सदस्यहरु शुक्रबहादुर तामाङ,पासाङ ग्याबा तामाङ निर्विरोध निर्वाचित भएको तामाङ समाज नेदरल्यान्डका संस्थापक अध्यक्ष पेमा लामाले द वल्ड नेपाल न्यूज़ लाई जानकारी दिनुभएको छ ।
यस संस्थाले स्थापना कालदेखि नेदरल्यान्डमा तामाङ समुदायको आफ्नो हक़ हितका लागि विभिन्न अन्य नेपाली समुदायका सामुदायिक संघ संस्थाहरुसंग समन्वय -सहकार्य गर्दै छोटो समय भित्र नेपाली डायस्पोरामा छुट्टै पहिचान कमाउन सफल भएका छन् ।