नेपालगन्ज / कल्पना फाउन्डेसन नेपालको आयोजनामा कल्पना पौडल जिज्ञासुको कथासङ्ग्रह “कचहरी“ विमोचन भएको छ ।
विमोचन,पुरस्कार तथा सम्मान कार्यक्रम फाउन्डेसन कि अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता तथा लुम्बिनी प्रदेश विश्व विद्यालय आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कचहरी कथा सङ्ग्रहको विमोचन गरिएको थियो ।
बरिस्ठ कथाकार तथा कार्यक्रमका विशिष्ट अतिथि सनत रेग्मीलाई साहित्य तर्फ “मनिकर्णा–टीकाराम स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । समाज सेवा तर्फ “देउकला– टीकानिधि स्मृति पुरस्कारद्वारा मानवसेवा आश्रम नेपालगन्जलाई सम्मान गरिएको थियो । चरित्रा शाहले कचहरी कथा सङ्ग्रहको परिचयात्क बक्तब्य दिनुभएको थियो ।
कार्यक्रमका अतिथि बक्ताहरु किरण आचार्य,खगेन्द्र गिरी कोपिला,पङ्कज श्रेष्ठ ,मणि अर्याल, डा.ईन्द्र बहादुर भन्डारी, हरि तिमिल्सिना,उर्विन सापकोटा, बिशिट अतिथि प्राज्ञ शशिराम कार्की,सनत रेग्मी र प्रमुख अतिथि प्रा डा कृष्ण प्रसाद घिमिरेले कचहरी कथासङ्ग्रहमा रहेका १५ वटै कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, बृद्धाहरुका समस्या, वैदेशिक रोजगारका समस्या, मदेशी, मुस्लिम,थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषयबस्तु बनाएर कथाको वुनोटमा बुनियकोले कथाहरु पठनिय रहेको, विषयबस्तु महिलाबादि र प्रगतिबादि रहेको, विषयबस्तु र भाषाशैलिको हिसाबले कथा उत्कृष्ट रहेकोले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना मन्तब्य दिनु भएको थियो ।
हिमालय टाईम्सका बरिस्ठ पत्रकार पुरुषोत्म दाहालको समेत उपस्थित रहेको उक्त कार्यक्रमको स्वागत मन्तब्य ऋषिराम सापकोटाले दिनुभएको थियो भने कार्यक्रमको सन्चालन संथाका सचिव लेकप्रसाद प्याकुरेलले गर्नुभएको थियो । संस्थाकी अध्यक्ष तथा कृतिकार कल्पना पौडेल जिज्ञासुले आफ्नो कृतिको वारेमा संक्षिप्त जानकारी गराउँदै सम्मानित ब्यक्ति तथा संस्थालाई बधाई दिनुभएको थियो ।