बाॅंच्ने रहर
– गोविन्द गिरी प्रेरणा
बाॅंच्ने रहरको जंगलमा
भीषण आगलागी भएको छ
मान्छेहरू
कहतारोमा जीजिविषा वोकेर
भौंतारिइरहेछन् यत्रतत्र !
के खरानी नै होलान् त
बाॅंच्ने रहरहरू
भविष्य वताउने ज्योतिषहरू
मूर्छित् छन् ।
आयो युगमा
यस्तो दिन
आफ्नैसॅंग हुन पर्ने संत्रस्त
आफ्नैसॅंग हुन पर्ने दूर
बाॅंच्ने रहर
बचाउनका लागि !
२७ मार्च २०२० बृन्दावन, भारत