Inland Empire मा Nepalese Welfare Society द्वारा तिज विशेष कार्यक्रम सम्पन्न 

|

हिन्दु महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा अगष्ट २६ तारिख शुक्रबारको दिन Nepalese Welfare Society द्वारा Inland Empire मा भव्य रुपमा तिज विशेष कार्यक्रम -२०२२ सम्पन्न गरिएको छ ।
 

क्यालिफोर्निया राज्यको Riverside, San Bernardino र Losangles country को केहि भागलाई समेट्ने Inland Empire मा बसोबास गर्ने सम्पुर्ण नेपाली महिला दिदिबहिनिहरुको बाक्लो उपस्थितिमा तिज कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए एनसिसि अफ युएसए,क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माले कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

साथै आयोजक संस्थाको सचिव मन्जु बुर्लाकोटीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका अध्यक्ष शुसिल चौगाई कार्यक्रमका उपस्थिति सम्पुर्ण सहभागीहरुप्रति हार्दिक आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्नुभएको जानकारी द वल्ड नेपाल न्युजलाई कोषाध्यक्ष दिप सुबेदीले दिनुभएको हो ।

२०७९ भाद्र १२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।