हलिउड शैलिमा तयार पारिएको “डुबि सके“ म्युजिक भिडियो सार्बजनिक

|

गायक प्रकाश तामाङ तितुङको डुबि सके बोलको गितको भिडियो मोक्तान डिजिटलको अफिसियल युट्युबबाट सार्वजनिक भएको छ ।

हलिउड शैलिमा तयार भएको भिडियो शम्भु मोक्तानको छायांकनमा सम्पन्न भई मोक्तान डिजिटलको प्रस्तुतिमा तयार भएको यो म्युजिक भिडियो फनिन्द्र राईले संगित संयोजन गरेको गितको ध्वनि सम्पादन सुमन खड्काले गरेका हुन् ।

सौराम राज तुलाधारले निर्देशन गरेको गितको भिडियोमा नेपालि तथा अमेरिकी कलाकारले अभिनय गरेको छ ।
भिडियोमा प्रमुख कलाकारहरु दिब्ना थापा, निकेश धामि,किर्टाना बास्कोटा, बिकाश बिश्वकर्मा र शैलेस बिश्वकर्मा संगै अमेरिकी कलाकार JOHN “WILLY” WILLIAMSON र  KASEY “JONES” WALTHER को दमदार अभिनय देख्न सकिन्छ ।

नेपाली मुलकी क्यालिफोर्नियामा २ बर्षे अभिनय पाठ्यक्रम पुरा गरि केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले यसमा दमदार अभिनय गरेकी छिन् ।

कलाकार दिब्ना थापाले भने यस अघि राइज अप ‘वृतचित्रमा मुख्य भुमिकामा अभिनय गरिसकेकी छिन् । राईज अप एउटा अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेको बास्तविक घटनाक्रम तथा विभिन्न हिसां, हत्या र सामाजिक विकृतिसंग जोडिएका
घटनामा आधारित छोटो चलचित्र हो ।

केहि दिन अघि मात्र सार्वजानिक भएको गितको छायांकन अमेरिकाको टेक्सासमा गरिएको हो ।

२०७९ भाद्र ७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।