
“महिला जन्मिदैन, बनाइन्छ” सिमोन द. बौउआर ( पुस्तक द सेकेन्ड सेक्सको लेखक) को भनाइ सँग सहमति राख्दै महिलाहरुले अब आफ्नो हितको आवाज खोज्दै अभिब्यक्ती गर्नुपर्ने आवश्यकता बढेको छ।
महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्रको चेत महिलाहरुलेनै नगरुन्जेल महिलाको हितमा परिस्थिती बदलिने छैन भन्ने विश्वाशका साथ मैले आज मेरो आवाजमा नयाँ गीत ”आवाज” यहाँ माझ ल्याएको छु ।
तीजको समय नजिक आउँदै गर्दा यो गीत रिलिज गरेको छु। महिलाले आफ्नो पर्व स्वतन्त्रता पूर्वक मनाउन स्वयंम महिलाले आफ्नो यतार्थतालाई पहिले बदल्न् सक्नु पर्छ ।
यही उदेश्यका लागि मैले ”अब को तीज नो ब्रत प्लिज ” भन्ने गीत ल्याएको थिए केही समय अघी । म आफ्ना गीतहरुबाट महिला मुक्तीका लागि सधैं संघर्श गरिरहेको छु र गर्ने छु ।
मेरो तीजको गीत “नो व्रत “सुने पछी कवि रमेश क्षितिज ज्यु ले मलाई यो गीतका शब्द उपलब्ध गराउनु भएको थियो भने यो गीतमा संगीत हरि लम्सालले गर्नु भएको छ, नायिका शोभिता सिम्खडाले दृश्यमा बिशेष उपस्थिती जनाउनु भएको छ। ग्राफिक्स भरत रेग्मीले गर्नु भएको छ।- सोफिया थापा