माया लाग्छ कति म्युजिक भिडियो सार्वजनिक

|

काठमाण्डौ / नेपाली सांगेतिक क्षेत्रमा एउटा नयाँ गित माया लाग्छ कतिको म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्मिता अधिकारी र ढुण्डीराज ढकालको आबाजमा रहेको उक्त गीतको रचना सागर बाबु ढकालले गर्नु भएको छ भने सङ्गित ढुण्डीराज ढकालले गर्नुभएको छ । सो गीतमा चर्चित मोडेल सुधिर श्रेष्ठ र आश्विनी शाहीको अभिनय देख्न सकिन्छ । छोटो समयमै अत्याधिक मन पराईएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन भने नब ढुंङ्गेलले गरेका हुन ।

लामो समय देखि सङ्गित क्षेत्रमा कृयाशिल गीतकार/सङ्गितकार ढुण्डीराज ढकालका लोक दोहोरी,लोक आधुनिक ,बाल गीत गरि दुई दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छ्न ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ६ मा जन्मिएका काठमाडौंलाई कर्मथलो बनाइरहेका ढकालको केहि दिन मात्रै नि मेरी आमा भन्ने गीति कथा अनि बाल आबाज भन्ने बाल गीति संग्रह (कृर्ती)बजारमा आएको थियो ।

२०७९ असार १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।